काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक अहिले जारी छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको हाे ।
बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन् ।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको छ। अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी सुम्पेका थिए ।
प्रतिक्रिया