काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । मंगलबार अपराह्न बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकबाट गभर्नर नियुक्त गर्ने तयारी गरिएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको छ ।
आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले पनि पौडेलको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ ।
त्यसैगरी दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् ।
पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । त्यस्तै, ढुंगाना राष्ट्र बैंककै कामु गभर्नर हुन् । भट्टराई पूर्व सचिव हुन् ।


प्रतिक्रिया