काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ हुँदैछ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो । सोही विषयले आज निरन्तरता पाउने भएको हो ।
लामिछाने पक्षमा कानून व्यवसायीहरु वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, मेघराज पोखरेलले बहस गरिसकेका छन् । बाँकी अधिवक्ताहरुको बहस सकिएपछि सर्वोच्चबाट आजै आदेश आउन सक्ने बताइएको छ । ‘सम्भवतः रवि दाइ आज जेलमुक्त हुनसक्नुहुन्छ’ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता ज्वाला संग्रौला भन्छिन, ‘यही खुल्ला आकाशमुनी रवि दाइलाई स्वागत गर्न पाइयोस् ।’
गत वैशाख ७ गते लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्। यसअघि पटक-पटक ‘हेर्न नमिल्ने’ भएर स्थगित हुँदै आएको उक्त रिटमा मंगलबार भने सुनुवाइ भएको हो।
प्रतिक्रिया