काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण गरेसँगै पौडेलले राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेकाे राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले हिजो डा. पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो ।
बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सत्ता साझेदार दलबीच झन्डै डेढ महिना लामो रस्साकस्सीपछि पाैडेल गभर्नर नियुक्त भएका हुन् ।
प्रतिक्रिया