काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा छापा मारेको छ । प्रशासन स्रोतका अनुसार छापा मार्ने क्रममा केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
यो छापा अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको आधारमा गरिएको बताइएको छ । पक्राउ परेकाहरूको पहिचान र उनीहरूमाथि लागेका आरोपबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
अख्तियारले अनुसन्धानलाई तीव्र बनाएको र थप विवरण छिट्टै उपलब्ध हुने जनाएको छ ।
प्रतिक्रिया