काठमाडौं । नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ ।
महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।
असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम सुरु गर्ने निर्णय आज बसेको बैठकले गरेको उनले बताए ।
नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको मतको आधारमा प्रतिशत निर्धारण गरेर दिने निर्णय पनि बैठकले गरेको छ ।
उनका अनुसार अहिले ७७ जिल्लामा अनलाइनमा क्रियाशील सदस्यताको नवीकरण प्रविष्ट गर्ने काम भइरहेको छ । असार मसान्तसम्म अनलाइनमा नवीकरणको काम नसकिए अटो लकको सिस्टम राख्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया