१२ खर्ब ५६ अर्ब रुपैयाँ पुग्याे व्यापार घाटा

१२ खर्ब ५६ अर्ब रुपैयाँ पुग्याे व्यापार घाटा



काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मका १० महिनामा देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्कानुसार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा व्यापार घाटा झन्डै ७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा देशको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।

यस वर्ष साउनदेखि वैशाखसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो रकम गएको आर्थिक वर्षको त्यही अवधिको भन्दा १३ दशमलव ११ प्रतिशतले धेरै हो । यस्तै १० महिनामा निर्यात व्यापार ७२ दशमलव ७१ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।