अर्थमन्त्रीलाई कांग्रेस सांसद मिश्रको आग्रह- यसपालि रक्सी र चुरोटमा कर नबढाउनुस्

अर्थमन्त्रीलाई कांग्रेस सांसद मिश्रको आग्रह- यसपालि रक्सी र चुरोटमा कर नबढाउनुस्



काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र सामान भरेर बजारमा अभाव देखाउने व्यापारीको दम्भ अन्त्यका लागि पनि कर बढाउनु उपयुक्त नहुने बताएका हन् ।

‍’करको दर बढ्ने चाल पाएपछि वा चाल दिएपछि उत्पादन बढाएर नयाँ नयाँ गोदामभित्र आफ्ना सामान भरेर राख्ने व्यापारीहरु छन्। तसर्थ मेरो दुई हात जोडेर बिन्ती छ, कमसेकम यसपटक चुरोट र रक्सीमा कर नबढाउनुस्,’ उनले भने ।

उनले भन्सारमा हुने चुहावट रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘५० प्रतिशतको मात्र भन्सार असुली हुने साथै ठूलो साँठगाँठमा फरक बाटो प्रयोग गरी सामान भित्रिन्छ । रोक्ने परको कुरा रोक्नमा सरकारको ध्यान जाओस्,’ उनले भने ।