बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर २ हजार २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।