काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोखरेलले मोदीलाई बोल्न नदिएपछि भनाभन भएको हो ।
बैठकको सुरुमै सांसद मोदी बोल्न खोजेपछि पोखरेलले रोक्ने प्रयास गरेका गरेका थिए । सोही क्रममा पोखरेलले मोदीले युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाएका थिए ।
‘तपाईं युट्युबर बोकेर आउनु भएको छ । तपाईं सुटिङ गर्न आउनु हो कि बैठकमा ?’, आक्रोशित हुँदै पोखरेलले भने । त्यसपछि पोखरेल र मोदीबिच भनाभन भएको हो ।
सो क्रममा पोखरेलले संसदीय समिति स्टन्ट गर्ने थलो नभएको भन्दै स्टन्ट जारी राखे सञ्चारमाध्यमलाई नै कडाइ गर्ने चेतावनी दिए ।
त्यसपछि समिति अन्तर्गत गठन भएको सात वटा कार्यदलको म्याद एक महिना थप गरेर बैठक स्थगित भएको छ ।
प्रतिक्रिया