रवि र छविको रिट निवेदन आज पनि हेर्दाहेर्दैमा

रवि र छविको रिट निवेदन आज पनि हेर्दाहेर्दैमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि मंगलवारदेखि सुनुवाइ जारी छ ।

बुधबार न्यायाधीश सुवेदीकाे संवैधानिक इजलासमा परेकाले इजलास बस्न नसकी सुनुवाइ रोकिएको थियो । आज रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए ।

त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् । भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।