काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र शीर्ष ४ जना राजावादी नेताहरुबीच आज सोल्टी होटलमा लन्चसहित करिब डेढ घन्टा छलफल भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट पूर्वराजा भेट्न सोल्टी होटल पुगेका हुन् ।
छलफलमा आउँदो १५ जेठदेखि सुरु हुने ‘संयुक्त जनआन्दोलन’ लाई प्रभावकारी र निर्णायक बनाउनेलगायत विषयमा छलफल भएकाे स्रोतले जानकारी दिएकाे छ ।
संयुक्त जनआन्दोलनलाई कसरी प्रभावकारी बनाउने तथा राजावादीहरुबीच आपसी समझदारी र विश्वास बढाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।
प्रतिक्रिया