पूर्वराजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ: प्रधानमन्त्री ओली

पूर्वराजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ: प्रधानमन्त्री ओली


ग्लोब नेपाल
297
Shares

पोखरा । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजालाईलाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव दिए ।

‘यो १५ गते राजालाई सिंहासनमा राख्छन् अरे । सिंहासन बनाएर राख । देशको राज सिंहासन भनेको गइसक्यो । अब देशको राज सिंहासनको कल्पना गर्ने कस्तो दिमाग होला,’ उनले भने ।

प्रधानमन्त्री ओली राजा ल्याउने भ्रममा नपर्ने आग्रह गरे । कुनै प्रकारका जनविरोधी र देशद्रोही क्रियाकलापको चेष्टा भयो भने त्यसलाई जनताले धुलो चटाउने ओलीले बताए ।

उनले राष्ट्रिय युवा संघको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । सहमति नभए स्वच्छ रुपमा निर्वाचन गरी नेतृत्व चयन गर्ने उनको आग्रह थियो ।