काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
शुक्रबार अधिवक्ता मधु चौलागाईंले सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता हुन भने बाँकी रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ ।
भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै आलोचना भइरहेकाे छ ।


प्रतिक्रिया