हिमाल आरोहणका क्रममा १० जनाको मृत्यु

हिमाल आरोहणका क्रममा १० जनाको मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । यस पटकको बसन्त ऋृतुको हिमाल आरोहण सुरु भएयता अहिले सम्म १० जनाको मृत्यु भएको छ । सगरमाथा, लोहोत्से र अन्नपूर्ण सहित विभिन्न हिमालमा आरोहणको क्रममा १० जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा मात्र २ जना आरोहिको मृत्यु भएको पर्यटन विभागका प्रवक्ता लीलाधर अवस्थीले जानकारी दिए । सगरमाथामा मृत्यु हुनेमा एक जाना भारतीय र एक जना फिलिपिनी नागरिक रहेका छन् । सगरमाथा आरोहण गर्ने क्रममा मे मा भारत, पश्चिम बंगालका सुब्रत घोषको मृत्यु भएको हो।

मे १४ का दिन अर्का आरोही ४५ वर्षीय फिलिप सान्टियागोको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थियो।