संंघीय मामिला मन्त्रालयको मूलढोकामा कर्मचारीको धर्ना

संंघीय मामिला मन्त्रालयको मूलढोकामा कर्मचारीको धर्ना



काठमाडौं । संघीय निजामती सेवा विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । .

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको उनीहरूको जिकिर छ ।

सेवाअवधि भएको कर्मचारीलाई एक तह बढुवाको समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, संघ-प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटकका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग उनीहरुको छ । आन्दोलनमा नासु, खरिदार तहका कर्मचारी बढी सहभागी छन् ।

स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेको