काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा यो सिजन सन् २०२४/०२५ का अन्तिम चरणका खेलहरू आज हुँदैछन् । लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको छ । लिभरपुलको यो २०औं प्रिमियर लिग उपाधि हो ।
लिगको अन्तिम ३८औं खेलमा आज १० वटा खेल हुँदैछन् । यी सबै खेल नेपाली समयानुसार राति पौने ९ बजे शुरू हुनेछन् । उपाधि विजेता लिभरपुलले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
अरू खेलमा बर्नमाउथ र लेस्टर सिटी, फुलहम र म्यानचेस्टर सिटी, उल्भ्स र ब्रेन्टफोर्ड, नटिङ्घम फरेस्ट र चेल्सी, म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला, साउथह्याम्पटन र आर्सनल, न्युक्यासल र एभर्टन, इप्स्विच टाउन र वेस्टह्याम तथा टोटनहम र ब्राइटन खेल्दैछन् ।
प्रतिक्रिया