गृहमन्त्री र पर्यटनमन्त्रीलाई बर्खास्त गर्न देउवालाई बजगाईंको पत्र

गृहमन्त्री र पर्यटनमन्त्रीलाई बर्खास्त गर्न देउवालाई बजगाईंको पत्र



काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले भ्रष्टाचारको आरोप लागेका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई तत्काल बर्खास्त गर्न माग गर्दै पत्राचार गरेका छन् ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्र लेख्दै सांसद बजगाईंले पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादमा मुछिएका तथा भ्रष्टाचार आरोप लागेका दुबै जना मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

उनले भनेका छन्, ‘म आग्रह गर्दछु, पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस् ।’

सांसद बजगाईंले गृहमन्त्री रमेश लेखकको सचिवालय मानव तस्करीमा संलग्न देखिनु गम्भीर संकट भएको औंल्याएका छन् ।