एमालेले गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने, काठमाडौंमा सांस्कृतिक झाँकी

एमालेले गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने, काठमाडौंमा सांस्कृतिक झाँकी



काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

आइतबार च्यासलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवस विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा गणतन्त्र दिवस विशेष उत्सवका रूपमा मनाउन आह्वान गर्ने निर्णय भएको उल्लेख छ ।

पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेले गरेको छ ।

काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झांकिसहित गणतन्त्र दिवस उत्सवको रुपमा आयोजना हुने महासचिव शंकर पोखरेलले बताए ।

त्यही दिन काठमाडौंमा राजावादी समूहले पनि प्रदर्शन गर्दैैछ ।