काठमाडौं । सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।
छलपलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन् ।
भिजिट भिसामा जानेबाट शुल्क असुल्ने गरेको भनेर त्रिभुवन विमानस्थलको अध्यागमनका अधिकारीमाथि छानबिन भइरहेको र गृहमन्त्री लेखकको पनि संलग्नता रहेको भन्दै राजीनामा माग भइरहेको बेलामा गृहमन्त्रीसहित दुई दलका शीर्ष नेताहरुबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया