न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै

न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै



काठमाडौं । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्सले २८–२९ मेमा नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएअनुसार, उपप्रधानमन्त्री पिटर्सको यो भ्रमण नेपालका लागि पहिलो हो ।

भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, परराष्ट्रमन्त्री डा. अरुज राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयले यो भ्रमणले नेपाल–न्यूजिल्याण्डबीचको सम्बन्ध विस्तार र द्विपक्षीय सहकार्यमा थप प्रगति हुने विश्वास व्यक्त गरेको छ ।