काठमाडौं । भारतका १६ राज्यमा कोरोना संक्रमण फेरि देखा परेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १,००९ सक्रिय संक्रमित पुष्टि भएका छन्।
केरलमा सबैभन्दा धेरै ४०३ जना संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, र तमिलनाडुमा ६९ जना सक्रिय संक्रमित छन्।
अन्य राज्यहरू जस्तै कर्नाटक, उत्तर प्रदेश, राजस्थान, पश्चिम बंगाल, हरियाणा, पुडुचेरी, आंध्रप्रदेश, मध्यप्रदेश, तेलंगाना, गोवा, र छत्तीसगढमा पनि संक्रमित भेटिएका छन्।
कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले यो संक्रमणको रूप गम्भीर नभएको भन्दै अत्यधिक चिन्ता नलिन आग्रह गरेका छन्, तर सतर्कता भने आवश्यक रहेको उल्लेख गरेका छन्।


प्रतिक्रिया