कार्यकर्ताले नेताको झोला मात्रै बोकेर नहिड्नु : नेता कोइराला

कार्यकर्ताले नेताको झोला मात्रै बोकेर नहिड्नु : नेता कोइराला



फिदिम । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्तालाई नेताको झोला मात्र बोकेर नहिड्न आग्रह गरेका छन् ।

पाँचथरको फालेलुङ–२ पञ्चमुखीमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने, ‘तपाई काँग्रेस कार्यकर्ताहरु नेताको झोला मात्रै बोकेर नहिड्नुस्, आ–आफ्ना ठाउँमा संगठन निर्माण र बिस्तार गर्नुस् । तपाईहरुको यथोचित व्यवस्थापनसँगै पालिका, जिल्ला, प्रदेश र केन्द्रमा क्षमता अनुसारको जिम्मेवारी पार्टीले दिनेछ ।’

पार्टीको कुनै गुट र नेताको पछाडी कुदेर मात्रै ओहदा वा जिम्मेवारीमा पुगिन्छ भन्ने मानसिकता त्योगेर अगाडी बढ्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।