पोखरा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।
नयाँ नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । महाधिवेशन निर्वाचन कमिटीले सोमबार ढिलो गरी नामावली प्रकाशन गरेको हो ।
आइतबार मनोनयन दर्ता गरिएको थियो । मतदान मंगलबार बिहानदेखि सुरु हुने बताइएको छ ।
थेबे र पुरी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान मंगलबार बिहानदेखि सुरु हुने बताइएको छ ।


प्रतिक्रिया