पञ्जाबले मुम्बईलाई ७ विकेटले हरायो, शीर्ष २ मा स्थान पक्का

पञ्जाबले मुम्बईलाई ७ विकेटले हरायो, शीर्ष २ मा स्थान पक्का


ग्लोब नेपाल
0
Shares

पञ्जाब किंग्सले आईपीएल २०२५ को ६९ औं खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। यससँगै टोलीले चालू सिजनको अंक तालिकाको शीर्ष २ मा आफ्नो स्थान सुरक्षित गरेको छ। हाल टोली १९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पञ्जाबले अब मे २९ मा क्वालिफायर– १ खेल्नेछ। अर्कोतर्फ यो हारपछि मुम्बईले मे ३० मा एलिमिनेटर खेल्नु पर्नेछ।

जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो भने पञ्जाबले १८.३ ओभरमा तीन विकेट गुमाएर १८५ रनको लक्ष्य पुरा गरेको हो ।

कप्तान श्रेयस अय्यरले ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनी १६ बलमा २६ रन बनाएर अविजित रहेका थिए भने  जोस इन्ग्लिस (७३ रन) र प्रियांश आर्य (६२ रन) ले अर्धशतक बनाए । दुवैले शतकीय साझेदारी गरेका हुन् । मिचेल सान्टनरले दुई विकेट लिदाँ जसप्रित बुमराहले एक विकेट लिए ।

मुम्बईका लागि सूर्यकुमार यादवले ३९ बलमा ५७ रनको इनिङ खेले भने उनले ६ चौका र २ छक्का प्रहार गरे । साथै, बाँकी ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन् । पञ्जाबका अर्शदीप सिंह, मार्को यान्सन र विजयकुमार वैशाखले २–२ विकेट लिएका थिए ।