विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । विपक्षी सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ ।

मंगलबारको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

सभामुख देवराज घिमिरेले सत्ता पक्षका सांसदलाई बोल्न समय दिएपछि विपक्षी सांसदले नाराबाजी गरेसँगै बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।