काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् । शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को वजेटका बारेमा ब्रिफिङ गरेका हुन ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । सोही वजेटका बारेमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रतिक्रिया