काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।
यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे लखनउमा शुरू हुनेछ । अंक तालिका अनुसार बेंगलुरु १३ खेलमा १७ अंकसहित तेस्रो स्थानमा छ । लखनउ भने प्लेअफ पुग्न नसकेपछि यसअघि नै बाहिरीएको थियो ।
आजको खेल जितेमा बेंगलुरु क्वालिफायरमा पुग्नेछ । तर पराजित भए तालिकाको दोस्रो स्थानमा रहेको गुजरात क्वालिफायरमा पुग्नेछ ।
आईपीएल क्रिकेटमा हिजो भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पन्जाब १९ अंकसहित पहिलो क्वालिफायरमा पुगिसकेको छ । पन्जाब शीर्ष स्थानमा छ ।
प्रतिक्रिया