काठमाडौं । भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलका युवासंघ संगठनहरू मंगलबार सडकमा उत्रिएका छन्।
काठमाडौंको माघइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) लगायत दलहरूका भ्रातृ संगठनहरूले सरकारविरुद्ध आक्रोश पोखेका हुन्।
प्रदर्शनमा सहभागी संगठनहरूमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाईसीएल), एकीकृत समाजवादीका अनेरास्ववियू र युवा संघ नेपाल, र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अखिल (समाजवादी) तथा युवा संगठन नेपाल रहेका छन्।
विरोध प्रदर्शनका क्रममा गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने माग गरिएको थियो। प्रदर्शनकारीहरूले लेखकको पदमा बसाईले भिसा प्रकरणमा निष्पक्ष छानबिनमा बाधा पुग्ने भन्दै विरोध जनाएका थिए।
प्रतिक्रिया