प्रचण्डको ठोकुवा : राजसंस्थाको पुनरागमन असम्भव

प्रचण्डको ठोकुवा : राजसंस्थाको पुनरागमन असम्भव



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयता विरोधीहरूको प्रयास असफल हुने दाबी गरेका छन्।

शहिद लखन गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन गर्दै उनले जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक विकास दिन सकेमा नकारात्मक सोच आफैँ हराउने बताए।

“संविधान सबै वर्ग र क्षेत्रको पहिचान सुनिश्चित गर्ने दस्तावेज हो,” उनले भने, “यसको रक्षा गर्न हामी एकताबद्ध हुनुपर्छ।”

युवाहरूमा बढ्दो निराशा र वैदेशिक पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले देशमै रोजगारी र सम्भावनाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

बूढीगण्डकी आयोजना जस्ता ठूला परियोजना अघि बढाउन राजनीतिक सहमतिको खाँचो रहेको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा त्यसबारे पहल गरेको स्मरण गराए।

संघीयता कार्यान्वयनमा ढिलाइ भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले स्थानीय तहलाई सशक्त बनाउन अझै प्रयास आवश्यक रहेको बताए।