काठमाडौं । युवा स्टार लामिन यामालले बार्सिलोनासँग आउँदो ६ वर्षका लागि नयाँ सम्झौता गरेका छन् । १७ वर्षीय स्पेनिस विङ्गर यामालको अघिल्लो सम्झौता सन् २०२५–०२६ सिजनको अन्त्यसम्म थियो ।
नयाँ सम्झौताले उनी अब सन् २०३१ सम्म बार्सिलोनामा रहनेछन् । बार्सिलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्दा यामालले ५५ खेलमा १८ गोल र २५ एसिस्ट गरीसकेका छन् ।
यामालले नयाँ सम्झौता क्लबका अध्यक्ष जोआन लापोर्टा र स्पोर्टिङ डाइरेक्टर डेकोको उपस्थितिमा गरेका हुन् ।
प्रतिक्रिया