काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध भइरहेका बेला सभामुख देवराज घिमिरेले सदन सुचारु गर्न प्रयास थालेका छन्।
उनको कार्यकक्षमा अहिले सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग बैठक चलिरहेको छ।
बैठकमा सभामुख घिमिरे, उपसभामुखसहित नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतकहरू सहभागी छन्। बैठकको उद्देश्य संसदको कामकारवाही अवरुद्ध हुन नदिन समाधान खोज्नु रहेको जनाइएको छ।
प्रतिक्रिया