काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अनुसन्धान थालेको छ । आयोगले नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थलसँग सम्बन्धित कागजात मागेको हो ।
अख्तियारले प्राधिकरणसँग परामर्शदाताले पेश गरेको प्रतिवेदनदेखि बैठकमा भएका निर्णय, वार्षिक कार्यक्रम, बजेट र सो सम्बन्धमा भएका निर्णय लगायतको विवरण माग गरेको छ ।
विमानस्थलको निर्माणको अनियमितता छानबिन गर्न भन्दै अख्तियारमा उजुरी परेको थियो । जेठ ७ गतेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पनि विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारवाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया