खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट

खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट



काठमाडौं । सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको हाे ।

बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गर्नेसहितका कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

त्यसैगरी झापाको दमकमा आधुनिक रंगशाला निर्माण हुने भएको छ ।

अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।