काठमाडौं । सरकारले आँबुखैरेनी-पोखरा सडक स्तारोन्नति गर्न ८ अर्ब ५२ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्णाली करिडोरका लागि १ अर्ब २७ करोड विनियोजन गरेकाे बताए ।
त्यसैगरी ताल्चा रारा सडक कालेपत्रे गरिने भएकाे छ ।
यसैगरी, गल्छी रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड विनियोजन गरिएको छ ।
सरकाले आर्थिक वर्ष २०८२-८३ मा सम्पन्न हुने जलविद्युत आयोजनाबाट थप ९४२ मेगावट विद्युत उत्पादन भइ कुल जडित क्षमता चार हजार आठ सय मेगावट पुर्याउने भएकाे छ ।
त्यसैगरी, ७३१ किलोमिटर राष्ट्रिय प्रसारण लाइन निर्माण हुनेछ ।


प्रतिक्रिया