काठमाडौं । सहरी विकास मन्त्रालयको लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिए । आगामी वर्ष संघीय संसद र सर्वोच्च अदालतको भवन निर्माण सम्पन्न गरिनेछ । पुरातात्विक महतवका शीतल निवास, हरिहर भवन, श्री महल र ग्यालरी बैठकको पुननिर्माण गरिनेछ ।
स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा आधुनिक प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र स्थापना गरी ऊर्जा मल, व्रिकेट लगायतका सामाग्री उत्पादन गरिनेछ ।
काठमाडौंमा खानेपानी विस्तारका लागि ६ अर्ब ३७ करोड
सरकारले काठमाडौं उपत्यकामा खानेपानी विस्तारका लागि ६ अर्ब ३७ करोड विनियोजन गरिएको छ ।
समुदायको साझेदारीमा खोनपानीको आपूर्ति दीगो गरिनेछ । काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिलाई एकीकृत र व्यवस्थित बनाइनेछ ।
यसका लागि खानेपानी उपत्यका वयवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना निर्देशनालय र मेलम्ची खानेपानी आयोजनालाई एकीकृत गरिनेछ । खानेपानी मुहानको पुनरुत्थान कार्यक्रम सञ्चालन गरिनेछ ।


प्रतिक्रिया