पाँच साना राजतीनिक दलको संघीय गणतान्त्रिक गठबन्धन घोषणा

पाँच साना राजतीनिक दलको संघीय गणतान्त्रिक गठबन्धन घोषणा



जनकपुरधाम । साना पाँच राजनीतिक दलले ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् । जनकपुरमा एक समारोहका बिच गठबन्धनको घोषणा गरिएको हो ।

गठबन्धनमा पूर्वगृह राज्यमन्त्री मोहमद रिजवान अन्सारीको नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहास जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी नेतृत्वको नेपाल जनजागृति पार्टी छन् ।

घोषणा समारोहमा पूर्वगृह राज्यमन्त्री अन्सारीले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेकोसमेत आरोप लगाए । यी नेताहरू सहिदको बलिदानीलाई सत्तासँग साट्ने काम गर्दै आएको बताए । अन्सारीले कथित मधेशी नेताहरू सत्ता समर्पण र मुद्दा विसर्जनको पथमा गएकोसमेत टिप्पणी गरे ।