गुजरातलाई हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश

गुजरातलाई हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश


ग्लोब नेपाल
0
Shares

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमामा फाइनल प्रवेश गर्न मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्ने भएका छन् । इलिमिनेटरमा गुजरात जायन्ट्सलाई २० रनले पराजित गर्दै मुम्बईले क्वालिफायर २ मा पञ्जाबसँगको भेट पक्का गरेको हो । क्वालिफायर २ को विजेताले रोयल च्यालेन्जर्स बैंग्लुरुसँग उपाधिका लागि खेल्ने छ ।

गुजरात भने प्रतियोगिताबाट बाहिरिएको छ ।मुम्बईले दिएको २२९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्रै बनाउन सक्यो । गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ८० रन बनाए । ४९ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे। वासिङ्टन सुन्दरले २४ बलमा ५ चौका र ३ छक्कासहित ४८ रन बनाए । शेरफाने रुथेर्फर्ड २४, कुशल मेन्डिस २०, राहुत तेवातिया १७ र शाहरुख खान १३ रनमा आउट भए । मुम्बईका टेन्ट्र बोल्टले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । मुम्बईका ओपनर रोहित शर्माले सर्वाधिक ८१ रन बनाए । ५० बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । उनी र जोनी बेयरस्टोले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । २२ बल खेलेका जोनीले ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । सूर्यकुमार यादव ३३ र तिलक बर्मा २५ रनमा आउट भए । गुजरातका प्रशिद्ध कृष्ण र साई किशोरले समान २ विकेट लिए ।

मुम्बईले अब फाइनल प्रवेशका लागि पञ्जाब किङ्ससँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।