खोटाङ । खोटाङमा अकबरे खुर्सानीको मूल्य अहिलेसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भइरहेको छ ।
दिक्तेलका व्यापारीले गाउँका किसानबाट प्रतिकिलो सात सयदेखि आठ सयसम्ममा खरिद गरी ग्राहकलाई एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।
अकबरे खुर्सानीको बेमौसमी खेती गरेर अहिले हप्तामा १४/१५ किलो बिक्री गरिरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले बताए ।
दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका किसानले उत्पादन गरेका खुर्सानीका साथै तरकारी खपत हुने गरेको छ ।
खोटाङमा अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारी तथा फलफूलको मूल्य अहिलेसम्मकै उच्च बनेको भएको छ ।
प्रतिक्रिया