‘स्क्विड गेम’ को अन्तिम सिजन २७ जुनमा आउँदै

‘स्क्विड गेम’ को अन्तिम सिजन २७ जुनमा आउँदै



काठमाडौं । विश्वभर लोकप्रिय कोरियन सिरिज ‘स्क्विड गेम’ को अन्तिम सिजन आउँदो २७ जुनमा नेटफ्लिक्समा प्रदर्शन हुने भएको छ। यस सिजनले प्लेयर ४५६ र फ्रन्ट म्यानबीच अन्तिम भिडन्तको रोमाञ्चक कथा प्रस्तुत गर्नेछ।

नेटफ्लिक्सले सार्वजनिक गरेको नयाँ ट्रेलर अनुसार, प्लेयर ४५६ले फ्रन्ट म्यानको वास्तविक पहिचान पाएपछि उनीहरूबीच अन्तिम टक्कर हुने देखिन्छ। ट्रेलरको एक दृश्यमा प्लेयर ४५६ले अंगरक्षकहरूलाई मलाई किन मारेनौ ? मलाई किन जिउँदै छोड्यौ ? भनेर आक्रोश प्रकट गर्दै देखिन्छन् भने फ्रन्ट म्यानले उनको संघर्षलाई निर्मम रूपमा हेरिरहेको देखिन्छ।

यसअघि सिजन १ मा प्लेयर ४५६ले जीवन(मृत्युको खेल जितेका थिए भने सिजन २ मा उनले खेल प्रणाली विरुद्ध प्रतिशोधको यात्रा सुरु गरेका थिए। तर फ्रन्ट म्यानले उनको विश्वासपात्र साथीलाई मारिदिएपछि उनको संघर्ष अझ बढेको थियो।

‘स्क्विड गेम’ सिरिज नेटफ्लिक्सको इतिहासमै सबैभन्दा बढी हेरिएको सिरिजहरू मध्ये एक हो। सिजन १ ले दोस्रो र सिजन २ ले तेस्रो स्थान ओगटेको थियो। आउँदो २७ जुनमा प्रदर्शन हुने अन्तिम सिजनले यसको नाटकीय अन्त्य ल्याउनेछ।