काठमाडौं । दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान तथा विकेटकिपर हेनरिक क्लासेनले ३२ वर्षको उमेरमै अन्तर्राष्ट्रिय क्रिकेटबाट आकस्मिक संन्यासको घोषणा गरेका छन्।
क्लासेनले सोमबार यो आश्चर्यजनक निर्णय सार्वजनिक गर्दै ६ वर्षे अन्तर्राष्ट्रिय करियरको अन्त्य गरेका हुन्। उनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै ४ टेस्ट, ४३ वनडे र ३८ टी२० खेलेका थिए।
२०१८ मा अन्तर्राष्ट्रिय डेबुट गरेका क्लासेनले गत वर्ष अस्ट्रेलिया विरुद्ध १७४ रनको ऐतिहासिक पारी खेलेका थिए जुन दक्षिण अफ्रिकाको चौथो सर्वोच्च वनडे स्कोर हो। उनी हालै सम्पन्न टी२० विश्वकपमा पनि दक्षिण अफ्रिकी टिमको भाग थिए।
संन्यासको घोषणा गर्दै क्लासेनले भने, ूयो सही निर्णय हो कि होइन भन्ने लामो सोचाइपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गरेको छु। यो अविस्मरणीय यात्रा थियो, तर अब अगाडि बढ्ने समय आइपुगेको छ।ू
उनको यो निर्णय विभिन्न टी२० फ्रेन्चाइज लिगहरूमा उनको माग बढ्दै गएको बेलामा आएको छ। क्लासेनले घरेलु लिग र फ्रेन्चाइज क्रिकेटमा खेल्न जारी राख्ने बताएका छन्।
प्रतिक्रिया