काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिसकर्स’मा बोल्दै उहाँले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् ।
उनले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताए । उनले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताए । सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर बजेट राम्रोसँग कार्यान्वयन हुनसके सम्भव रहेको उनकाे भनाइ छ ।
अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरू आन्तरिक प्रयोग र निर्यात गर्ने कुराबाट पछाडि फर्किन नहुने बताए ।
प्रतिक्रिया