ममाथि उठेका प्रश्नको जवाफ संसदमै दिन्छु: गृहमन्त्री लेखक

ममाथि उठेका प्रश्नको जवाफ संसदमै दिन्छु: गृहमन्त्री लेखक


ग्लोब नेपाल
567
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणआफूमाथि उठेका प्रश्नको जवाफ संसदमै दिने बताएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सबै सांसदहरूले जवाफ दिन सम्भव नभएको भन्दै आफुले यस प्रकरणको जवाफ संसदमै दिने र त्यसको व्यवस्था मिलाइदिन सबै सांसदहरुलाई  आग्रह गरेका थिए । 

उनले संसद्मा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने बताउदै आफूमाथि उठेका सबै प्रश्नको जवाफ संसद्मा दिने बताए । 

भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका कर्मचारीहरुमाथि छानविन शुरु गरेपछि विपक्षी दलहरुले गृहमन्त्री लेखक पनि यस प्रकरणमा संलग्न भएको भन्दै राजीनामा मागेर संसद अवरोध गरिरहेका छन ।