काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट हस्ताक्षरित कर र खर्चसम्बन्धी विधेयकमा अर्बपति एलन मस्कले कडा टिप्पणी गरेका छन् ।
उहाँले विधेयकको आलोचना गर्दै ‘घृणित’ भनेर वर्णन गर्नुभएको छ । साथै अमेरिकी नागरिकका लागि यसबाट ऋणको बोझ बढ्ने उल्लेख गरेका छन् ।
पछिल्लो टिकाटिप्पणीसँगै ट्रम्प प्रशासन र एलन मस्कबीच दूरी बढ्दै गएको विश्लेषण गरिएको बीबीसीले जनाएको छ । यो कानून हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी संसद्को तल्लो सदन) बाट पास भएको थियो ।
यसमा कैयौं ट्रिलियन डलरको करमा छुट, रक्षा खर्चमा बढोत्तरी र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिइएको छ ।
अर्बपति मस्कले सामाजिक सञ्जाल एक्समा आलोचनासहित टिप्पणी गर्नुभएको हो । उहाँ ट्रम्प प्रशासनकाे डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी (डीओजीआई) अर्थात् खर्च कटौती विभागमा झन्डै साढे ४ महिना काम गरेपछि अघिल्लो हप्ता बाहिरिएका थिए ।
ट्रम्प प्रशासनबाट अलग भएपछि पहिलो पटक उनको सार्वजनिक असहमति आएको हो ।


प्रतिक्रिया