काठमाडौं । नेपालकी कराते स्टार एरिका गुरुङले विश्व कराते महासंघको नयाँ वरियतामा ठुलो छलाङ मारेकी छन् ।
एरिका महासंघले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा २३ स्थान सुधार गरेकी हुन् । यसअघि ५०औं स्थानमा रहेकी एरिका नयाँ वरीयताको महिला ६८ केजीमाथि तौलको २७औं स्थानमा उक्लिएकी छन् ।
एरिकाले भर्खर मोरक्कोको रावतमा सम्पन्न विश्व कराते–१ प्रिमियर लिगको महिला ६८ केजी माथि तौल समूहमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । एरिका दुर्लभ प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी र पदक धारी समेत हुन् ।
एरिकाले विश्व करातेको यस पस्पर्धामा पहिलो सहभागितामै सफलता हात पारेकी हुन् । विश्व कराते महासंघले ३२ खेलाडीलाई मात्र प्रिमियर लिगमा सहभागी गराउँदै आएको छ ।
प्रतिक्रिया