काठमाडौं । नेपाली फुटबल टोलीले आज हङकङ विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँगको खेलअघि नेपालले हङकङ विरुद्ध खेल्दैछ । खेल हङकङ सो कोनपोस्थित हङकङ नेसनल स्टेडियममा साँझ नेपाली समय अनुसार पौने ६ बजे शुरु हुनेछ ।
म्याट रोस मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेल र समग्रमा तेस्रो खेल खेल्न लागेको हो । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा ऐतिहासिक जित हात पारेको नेपाल एसियन कप छनोटमा भने मलेसियासँग पराजित भएको थियो ।
हङकङसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट एसियन कप छनोट खेल्न लाओस जानेछ ।
प्रतिक्रिया