काठमाडौं । यूईएफए नेशन्स लिगको सेमिफाइनल खेल अन्तर्गत विश्वकै दुई प्रमुख फुटबल शक्तिहरू स्पेन र फ्रान्स बीच आज राति महत्त्वपूर्ण भिडन्त हुनेछ। जर्मनीको स्टटगार्ट स्थित स्टटगार्ट एरेनामा हुने यो खेल नेपाली समयानुसार राति १२:४५ बजे सुरु हुनेछ।
गत वर्ष युरो २०२४ को सेमिफाइनलमा यी दुई टोलीहरू बीच भएको खेलमा स्पेनले फ्रान्सलाई २-१ गोलले पराजित गरेको थियो। त्यस खेलमा स्पेनका १६ वर्षीय युवा प्रतिभा लामिन यामालले ऐतिहासिक गोल गरेका थिए। यसपटक फ्रान्सले त्यस हारको बदला लिने प्रयास गर्नेछ भने स्पेनले आफ्नो श्रेष्ठता कायम राख्न खोज्नेछ।
नेशन्स लिगको क्वार्टरफाइनल चरणमा स्पेनले नेदरल्यान्ड्सलाई ५-५ को समग्र अंक पछि पेनाल्टी शुटआउटमा हराएको थियो। यसमा यामाल र निको विलियम्सले उत्कृष्ट प्रदर्शन गरेका थिए। फ्रान्सले क्रोएशियासँग २-२ को समग्र अंक पछि पेनाल्टीमा जित हासिल गरेको थियो।
स्पेनका लागि मध्यपंक्तिका महत्वपूर्ण खेलाडी (Rodri) रोद्री घाइते भएर खेल्न सक्ने छैनन् भने फ्रान्सका चार जना डिफेन्डरहरू ( कामाभिङ्गा, काउन्डे, सालिबा र उपामेकानो पनि अनुपस्थित छन्।
यस खेलको विजेताले जर्मनी वा पोर्चुगलसँग म्युनिखको एलियान्ज एरेनामा हुने फाइनल खेल्ने अवसर पाउनेछ।
प्रतिक्रिया