काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई २०१५ मा विनाशकारी भूकम्पपछि दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस(TPS)सुविधा अब अन्त्य हुने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा(USCIS) ले हालै प्रकाशित सूचना अनुसार, आगामी अगस्ट ५ देखि यो सुविधा पूर्ण रूपमा खारेज हुनेछ।
TPS अन्त्यसँगै, यो हैसियतमा अमेरिकामा बसिरहेका नेपालीलाई अन्य कुनै वैधानिक अनुमतिबिना बस्न नपाउने जनाइएको छ। अमेरिकी गृह सुरक्षा मन्त्रालयका अनुसार, उनीहरूले अबको दुई महिनाभित्र स्वदेश फर्कने तयारी गर्नुपर्नेछ।
सन् २०२१ को तथ्यांकअनुसार, TPS अन्तर्गत करिब १४ हजार ५५६ नेपाली अमेरिका बसोबास गरिरहेका थिए।


प्रतिक्रिया