बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ । दिउँसो ४ बजे शुरू भएको आगो अहिलेसम्म निभाउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट मानवीय क्षति भएकाे छैन । आगलागीका कारण बजार क्षेत्रका १२/१५ वटा पसल जलेका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया