काठमाडौं । पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल साउथ एसिया फॉल २०२५ का लागि नेपाली टिमहरू डीआरएस गेमिङ (DRS GAMING), होरा ईस्पोर्ट्स (HORRA esport) र एसटी (AST) ले कजाकिस्तान प्रस्थान गरेका छन्। जहाँ २० टिमबीच विश्वकपको सपना पूरा गर्न संघर्ष हुनेछ।
पीएमएसएल को यो संस्करण जुन १२ देखि २२ सम्म कजाकिस्तानमा आयोजना हुँदैछ र यसलाई पब्जी मोबाइल विश्वकप (PMWC) २०२५ को सेमिफाइनलको रूपमा हेरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष ३ टिम विश्वकपमा छनोट हुने छन्।
प्रतियोगिता तीन चरणमा हुनेछ:
पहिलो चरण “क्यालिब्रेसन” जुन १२–१३ मा, दोस्रो चरण “सर्भाइभल स्टेज” जुन १४–१८ मा, र अन्तिम “फाइनल” जुन २०–२२ सम्म सञ्चालन हुनेछ। कुल १८ खेल हुने फाइनल चरणमा टिमहरूले दोस्रो चरणबाट ल्याएका हेड स्टार्ट अंकसहित प्रतिस्पर्धा गर्नेछन्।

नेपालका टिमहरू डीआरएस गेमिङ (DRS GAMING), होरा ईस्पोर्ट्स (HORRA esport) र एएसटी (AST) ले यो अवसरलाई चुनौती र सम्भावनाको रूपमा लिएका छन्। नेपाली दर्शकहरूमा उत्साह उच्च छ, र सबैको ध्यान टिमहरूको प्रदर्शनमा केन्द्रित रहेको छ।
डीआरएस गेमिङले दक्षिण एसियाली इस्पोर्ट्समा नयाँ इतिहास रच्दै विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी BYD (Build Your Dreams) सँग प्रायोजन सम्झौता गरेको छ। BYD ले , नेपाल प्रिमियर लिग (NPL) मा काठमाडौँ गुरखाजलाई प्रायोजक बनाएपछि अब PUBG Mobile का चर्चित टिम डीआरएस गेमिङ को पनि आधिकारिक प्रायोजक बनेको छ। यसले BYD को नेपाली खेलकुद र इस्पोर्ट्स क्षेत्रमा लगानी र विश्वासलाई झल्काउँछ। यसका साथै उनीहरूले सिटिजन बैंक, प्रभु बैंक, भायानेट, आरओएनबी (RONB), एक्सट्रिम इनर्जी ड्रिंक र इंफीनिक्स मोबाईल जस्ता ब्रान्डहरूको साथ पनि पाएका छन्।

होरा ईस्पोर्ट्स ले रेड बुल, इन्फिनिक्स, वर्ल्डलिंक सँग प्रायोजन सम्झौता गरिसकेको छ। एसटी टिम हालसम्म बिना प्रायोजक रहेको भए पनि यदि उनीहरूले उत्कृष्ट प्रदर्शन गरेमा भविष्यमा ठूला ब्रान्डहरू आकर्षित हुने प्रबल सम्भावना छ।
यस्तो प्रायोजन सम्झौताले सम्पूर्ण दक्षिण एसियाली इस्पोर्ट्सलाई नयाँ गति दिनेछ र नेपाली खेलाडीहरूको प्रतिभा विश्वमाझ उजागर गर्नेछ। अब हेर्न बाँकी कुरा यो हो कि नेपाली टोलीहरूले PMWC २०२५ को सुनौलो टिकट सुरक्षित गर्न सक्छन् कि सक्दैनन्। सबै नजर अब खेलममा हुने छ।
सहभागी टोलीहरु : अल कादसिया (Al Qadsiah), नाटस विन्सेरे (Natus Vincere), टीम स्पिरिट (Team Spirit), भर्चस.प्रो (Virtus.Pro), अल्फा गेमिङ (Alpha Gaming), दागेस्तान७७ (Dagestan77), कोनिना पावर (Konina Power), च्याम्पियन्स इस्पोर्ट्स (Champions Esports), अपग्रेड टीम (Upgrade Team), हेलियन गेमिङ (Hellion Gaming), एमिक्स टीम (AMIX Team), फाचे गेमिङ (Fache Gaming), एएस आई८ इस्पोर्ट्स (AS i8 Esports), होरा इस्पोर्ट्स (HORRA Esports), ए१ इस्पोर्ट्स (A1 Esports), फोरथ्राइव्स इस्पोर्ट्स (4thrives Esports), आर३जिकाइड (R3GICIDE), भाइपर नकटआउट (Viper Knockout), डीआरएस गेमिङ (DRS Gaming), ट्राइब एरोमासी (Tribe Aeromacy -ASt)
प्रतिक्रिया